बेपत्ता पाँच जना किशोरी ढल्केवरमा फेला

काठमाडौं । महोत्तरीको औरही नगरपालिका–२ बाट गत मङ्गलबारदेखि एकसाथ बेपत्ता भएका पाँच जना किशोरी धनुषाको ढल्केवरमा फेला परेका छन् । बिहीबार बिहान १० बजे ढल्केवरस्थित पश्चिम चोकमा ती किशोरीहरू फेला परेका हुन् ।

महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया सङ्गीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले बताए । उनले फेला परेका ती किशोरीहरूलाई इलाका प्रहरी कार्यालय औरही महोत्तरीलाई जिम्मा लगाएको जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर