महिला टी–२० शृङ्खलाकाे पहिलाे खेल नेपालले तान्जानियासँग खेल्ने

काठमाडौं । हङकङमा हुने चार देश सम्मिलित महिला टी–२० प्रतियोगिताअन्तर्गतको पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ ।

नेपालले तान्जानियासँग आउँदो २९ गते खेल्नेछ । यस्तै, दोस्रो खेलमा ३० गते हङकङसँग खेल्नेछ भने तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ ।

फाइनल खेल मंसिर ३ गते हुनेछ । प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आउँदो २९ देखि मंसिर ३ गतेसम्म हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर