रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दामा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिने प्रक्रियाअनुसार चौधरीविरुद्धको मुद्दा स्थगितमा परेको सर्वोच्च प्रशासनले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा हुने गरी माफी दिएको थियो । क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै राष्ट्रपतिको कार्यालय शीतल निवास तथा रेशमलाल चौधरीलाई विपक्षी बनाइ रिट दायर भएको थियो । यसअघि गएको १६ गते सर्वोच्च अदालतले सरकारबाट आममाफी पाएका योगप्रसाद ढकाल रिगलको कैद मिनाहलाई बदर गरिदिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर