नेप्सेमा ५.१७ अंकको वृद्धि, ७८ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से ५.१७ अंकले बढेर एक हजार ८ सय ६३ दशमलब ९४ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ७८ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १२४ कम्पनीको शेयरमूल्य बढेको छ भने ९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । २२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ८.०७ प्रतिशतले बढेर प्रतिकित्ता ८७० रुपैयाँ पुगेको छ । यस्तै पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल एमबिआई बैंक लिमिटेडको शेयरमूलय पनि ७ प्रतिशतभन्दा बढिले बढेको छ ।

आज कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.३८ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । यस कम्पनीको आज ५ करोड ६१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर