एसीसी यू–१९ एसिया कप : नेपाल र पाकिस्तान भिड्ने

काठमाडौं । एसीसी यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल र पाकिस्तान भिड्ने भएका छन्। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एसिया कपको उद्घाटन खेलमा भने भारत र अफगानिस्तान भिड्नेछन्।

नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्। एसिया कपको पहिलो खेलमा मंसिर २२ गते नेपाल र पाकिस्तान भिड्नेछन्। त्यही दिन भारत र अफगानिस्तान पनि आमनेसामने हुनेछन्।

नेपालले दोस्रो खेल मंसिर २४ गते अफगानिस्तानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा भारतसँग २६ गते खेल्ने तालिका छ। समूहका शीर्ष २ टोलीले एसिया कपको सेमिफाइनलमा स्थान बनाउनेछ।

सेमिफाइल खेल मंसिर २९ गते हुनेछ। फाइनल खेल पुस १ गते हुनेछ। एसिया कप मंसिर २२ देखि पुस १ गतेसम्म हुनेछ। एसिया कप यसअघि पाकिस्तानमा हुने भनिए पनि भारत जान नमानेपछि संयुक्त अरब इमिरेन्ट्स (यूएई) मा हुन लागेको हो। नेपालले मलेसियामा सम्पन्न एसीसी यू १९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो। प्रिमियर कपबाट यूएई र जापानले पनि स्थान बनाएका थिए। यी दुवै टोली समूह ‘बी’ मा छन्।

एसिया कपपछि नेपालले आगामी जनवरी-फेब्रुअरीमा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्नेछ। यू–१९ विश्वकपमा नेपाल रहेको समूहमा न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन्। एसिया कपलाई नेपालले यू–१९ विश्वकपको तयारीका रुपमा लिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर