स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रुपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडीबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं  महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल छन्। प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको खुलेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो। उक्त रकम हुन्डीमार्फत अवैध रुपमा नेपाल भित्रिएको अनुमान प्रहरीले गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर