टेस्ला कार कम्पनी भारततिर जाँदै

काठमाडौं । एलोन मस्कको इलेक्ट्रिक कार जनवरी २०२४ भन्दा पहिला नै भारतमा उत्पादनको अनुमति पाउन सक्ने सम्भावना रहेको बताइएको छ ।  भारतमा उत्पादन एकाइ स्थापना गर्न जनवरी २०२४ सम्ममा सबै आवश्यक स्वीकृति दिन सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसका लागि सरकारी विभागले तीव्र गतिमा काम गरिरहेको छ । इकोनोमिक्स टाइम्सले आफ्नो एक रिपोर्टमा  समाचार लेखेको छ ।

प्रधानमन्त्री कार्यालयमा बसेको उच्चस्तरीय बैठकमा टेस्लाको लगानी प्रस्तावलगायत मुलुकमा विद्युतीय सवारी उत्पादनको अर्को चरणका विषयमा छलफल भएपछि सो जानकारी आएको प्रतिवेदनले जनाएको छ ।  प्रधानमन्त्रीको कार्यालयमा भएको बैठक मुख्यतया: सामान्य नीति मामिलाहरूमा भएको थियो, तर जनवरी २०२४ सम्ममा टेस्लाको प्रस्तावित लगानीको लागि द्रुत ट्र्याकिङ स्वीकृति मुख्य एजेन्डा थियो।

एलोन मस्कको ईभी उत्पादन गर्ने कम्पनी टेस्लाले भारतमा विद्युतीय कारका साथसाथै ब्याट्री भण्डारण प्रणाली पनि उत्पादन र बिक्री गर्न चाहन्छ। यसका लागि कम्पनीले भारतीय अधिकारीलाई प्रस्ताव दिएको छ । मिडिया रिपोर्टका अनुसार टेस्ला अधिकारीहरूले मे १७ मा भारतीय सरकारी अधिकारीहरूसँग भेट गरेका थिए। उक्त बैठकमा कम्पनीले भारतमा विद्युतीय कार बनाउन निर्माण एकाइ स्थापना गर्ने इच्छा व्यक्त गरेको थियो ।

यस वर्षको जुनमा टेस्लाका सीईओ एलोन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यूयोर्कमा भेटेका थिए। यस बैठकपछि मस्कले भने– ‘भारतसँग विश्वका कुनै पनि ठूला देशभन्दा धेरै सम्भावनाहरू छन् । म भारतको भविष्यलाई लिएर उत्साहित छु। म मोदीको फ्यान हुँ। यो एक राम्रो बैठक थियो र मलाई उहाँ धेरै मनपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर