फेवाताल छेउका पसल हटाउन सुरु

काठमाडौं । पोखराको फेवाताल छेउ रहेका पसल पोखरा नगर प्रहरीले बुधबारदेखि हटाएको छ । फुटपाथ व्यवसायीलाई पसल अटाउन वडा प्रहरी कार्यालय बैदाम र नगर प्रहरीले संयुक्त रूपमा पहिल्यै सचेत गराएको थियो ।
बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले फुटपाथ मिचेर खुद्रा व्यापारी बस्ने र व्यवसाय सञ्चालन गर्ने र त्यहाँ आएका विदेशी पर्यटकहरुले मागेर हिँड्ने र विभिन्न अनैतिक किसिमका गतिविधि हुनाले नकारात्मक असर परेको जनगुनासो आएको थियो । सो गुनासोपछि सांकेतिक रूपमा कार्यक्रम गरेको र आगामी दिनमा पर्यटकीय क्षेत्रमा नकारात्मक असर पर्न नदिने जानकारी दिए ।

पोखरा महानगरपालिका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले व्यापारिक सामान नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सामान नियन्त्रणमा लिने बताए । उनले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न गइरहँदा पर्यटकीय क्षेत्रमा सीमित ठाउँ छुट्टयाएर व्यापार गर्नुपर्ने आवश्यकता रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर