आज एमालेको चियापान कार्यक्रम

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पार्टी मुख्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गर्दैछ। एमालेले दशैं, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको हो। चियापानमा विभिन्न राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता–कार्यकर्तालाई निम्तो गरिएको एमालेले जनाएको छ।

एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने बताएको थियो। तर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले आज चियापान कार्यक्रम गर्न लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर