विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड खेल्दै

काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्यूजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन्। खेल दिउँसो सवा २ बजे पुनेस्थित महाराष्ट्र क्रिकेट एशोसियसनको स्टेडियममा हुनेछ। अंकतालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका यी दुई टोलीबीचको प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ।

खेलेका छ खेलमध्ये दक्षिण अफ्रिका पाँच खेलमा अपराजित रहँदा न्यूजिल्याण्ड भने छ मध्ये चार खेलमा अपराजित छ। दक्षिण अफ्रिका र न्यूजिल्याण्डबीच यसअघि भएका पाँच खेलमा न्यूजिल्याण्ड हावी छ। उसले तीन खेल जित्दा दक्षिण अफ्रिकाले मात्र दुई खेल जितेको छ।

तर, जारी विश्वकपमा दक्षिण अफ्रिका उत्कृष्ट फर्ममा छ। पहिला ब्याटिङ गर्दा उनले ३५० देखि ४०० रनसम्मको लक्ष्य विपक्षी टिमलाई प्रस्तुत गरिरहेको छ भने रन चेजमा पनि उत्कृष्ट देखिएको छ। दक्षिण अफ्रिका आजको खेल जितेर अंकतालिकाको शिर्षस्थानमा पुग्न चाहन्छ भने न्यूजिल्याण्डले पनि सेमिफाइनल यात्रा सहज गर्न चाहन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर