बोलिभियाको इजरायलसँग कूटनीतिक सम्बन्ध विच्छेद

काठमाडौं । ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलले गाजामा गरेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । उप विदेशमन्त्री फ्रेडी मामानीले इजरायलको कदमलाई ‘आक्रामक र असंगत’ भनेका छन् ।

याे द्वन्द्वका कारण इजरायलसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गर्ने बोलिभिया ल्याटिन अमेरिकाको पहिलो राष्ट्र हो । बाेलिभियाले युद्धविरामको लागि अपील गरेको थियो र गाजामा मानवीय सहायता पठाउने बताएको थियो । बोलिभियाले गाजा पट्टीलाई लिएर पहिले पनि इजरायलसँगको सम्बन्ध तोडेको थियाे । झण्डै एक दशकपछि सन २०१९ मा मात्रै यी दुईबीचको कूटनीतिक सम्बन्ध पुनर्स्थापित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर