डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र ग्यासमा अनुकम्पा

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले आज मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेल लिटरमा चार रुपैयाँले घटाएको छ ।

भारतीय आयल कर्पोरेशन (आईओसी) बाट नयाँ मूल्य आएपछि डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । भारतबाट पेट्रोल र एलपी ग्यासमा भाउ बढेर आए पनि नेपालमा भने उपभोक्ताको हितलाई ध्यानमा राखेर नबढाइएको निगमको अनुकम्पा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर