राजेश र प्रीतिको ‘उमेर सत्र भयो खत्रा’

काठमाडौं । गायक राजेश बर्देवा र गायिका प्रीति आलेको स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रियकुमारको सङ्गीत रहेको गीतको एरेन्ज केशव बडूले गरेका छन् । गीतको भिडियोमा अभिनेत्री प्रियङ्का कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ ।

उत्सव विष्टको निर्माण र न्यु लक्ष्मी ज्वेलर्स युकेको निर्माण सहकार्य रहेको भिडियो गीतले १७ वर्षको उमेर युवतीले आफ्नो यौवन सम्हाल्नुपर्ने, यो समय अनेक खतराको सामना गर्नुपर्ने र त्यो सामना गर्न नसके जीवनै सङ्कटमा पर्ने सन्देश समेटेको छ । गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र प्रवीण भट्टको सम्पादन छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर