काभ्रेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ मा निसान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । काभ्रेको कुशादेवीबाट मङ्गलबार दिउँसो नयाँगाउँतर्फ पराल बोकेर जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको निसान ट्रक ब्रेक फेल दुर्घटना भएको हो । ट्रक सडकबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक स्थानीय रबिन आचार्य र जिल्लाको बेथानचोक गाउँपालिका– २ का शिव बिक्रम केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनु भएका आचार्य र केसीलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी बेथानचोक–२ कि शारदा तिमल्सिनाको टाउको, घाँटी र दुबै हात खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर