दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.२९ अंकले घटेर एक हजार ८ सय ६४ दशमलब ४० विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ५७ करोड १४ लाख रुपैयाँबराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज महुलि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.०५ प्रतिशतले बढेर प्रति कित्ता ७१७ रुपैयाँ पुगेको छ ।

सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयर मूल्य आज ९.९८ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको आज एक करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर