प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसद्वारा मायादेवी मन्दिरको दर्शन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले मायादेवी मन्दिरको दर्शन गरेका छन् । महासचिव गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका आमा समूह, थारुलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्ति दीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका थिए । गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भको पनि अवलोकन गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर