इजरायलद्वारा हमासविरुद्ध युद्ध विराम गर्न अस्वीकार

काठमाडौं ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध युद्ध विराम गर्न अस्वीकार गरेका छन् । संयुक्त राष्ट्रसङ्घले युद्ध विरामसम्बन्धी प्रस्ताव अनुमोदन गर्नुकासाथै विश्वका धेरै देशहरुले युद्धविरामको आह्वान गरिरहेका बेला नेतान्याहुले युद्धविराम गर्न अस्वीकार गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले अहिले युद्धको समय रहेको बताए । उनले जसरी सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिका युद्धविरामको लागि तयार भएको थिएन अहिले इजरायलको अवस्था पनि उस्तै रहेको बताए ।

प्रधानमन्त्री नेतान्याहुले हमासविरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा लगत्तै इजरायली सेना स्थलमार्गबाट गाजाको मध्य क्षेत्रमा पुगेको छ । इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म आठ हजार तीन सय ६ जनाको ज्यान गइसकेको छ । गाजामा ज्यान गुमाउनेमध्ये तीन हजार तीन सय २४ जना बालबालिका रहेका छन् । इजरायतर्फ एक हजार चार सयभन्दा धेरैको ज्यान गएको छ । इजरायलले स्थलगत कारबाही बढाएपछि गाजा क्षेत्रमा मानवीय क्षतिको जोखिम झन् बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर