विश्वकप क्रिकेट : श्रीलंकाविरुद्ध अफगानिस्तानको शानदार जित

काठमाडौं ।  भारतमा जारी आइसिसि एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलंकालाई अफगानिस्तानले ७ विकेटले हराउँदै शानदार जित दर्ता गरेको छ । यो जितसँगै अफगानिस्तानको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । जितका लागि श्रीलंकाले दिएको २४२ रनको लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

अफगानिस्तानका लागि रहमत शाहले इब्राहिम जादरानसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । कप्तान शाहिदीले मिर्जासँगअविजित १११ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । यसअघि भारतको पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा २४१ रन बनाउँदा सबै विकेट गुमाएको थियो । अफगानिस्तानका फारुकीले ४ विकेट लिए । विश्वकप अन्तरगत ३१ औ खेलमा आज पाकिस्तान र बङगलादेशबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर