समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेश सभामा खाली रहेको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले उक्त निर्णय गरेको हो । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता प्रकाश अधिकारीले बैठकले मधेस प्रदेश सभामा रिक्त समाुनपातिक सांसदका लागि सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर