बारा गोली काण्ड : गोली लागेका प्रधानाध्यापक रूपेश सर्राफको मृत्यु

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश सर्राफको गोली लागेर ज्यान गएको छ ।

मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले ३५ वर्षका सर्राफमाथि दुई राउन्ड गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गोली लागेका सराफको वीरगञ्जमा रहेको बयोदा सिटी अस्पतालमा पुर्‍याएको केहीबेरमै ज्यान गएको हो । उहाँको घाँटी र छातीमा गोली लागेको अस्पतालले जनाएको छ ।

बजार क्षेत्रमा मोटरसाइकलमा यात्रा गरिरहेकै बेला सर्राफमाथि गोली प्रहार भएको हो । घटनास्थल प्रहरी चौकीबाट नजिकै पर्छ । गोली हान्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर