बारामा गोली चल्यो, एक जना घाइते

काठमाडौं ।  बाराको कलैयामा गोली चलेको छ। गोली प्रहारबाट एक जना घाइते भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतका अनुसार दुई वटा मोटरसाइकलमा मास्क लगाएर आएका व्यक्तिले गोली प्रहार गरी फरार भएका हुन्।

गोली प्रहार गर्नेको खोजी सुरु भएको बताइए पनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्। गोली प्रहारबाट कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार घाइते भएको बताइएको छ। उक्त बोर्डिङ स्कुल नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर