जलवायु परिवर्तनको असरसँग लड्ने गुटरेसको प्रतिबद्धता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएका असरसँग लड्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उच्च हिमाली क्षेत्रको अवलोकनका क्रममा आज सोमबार सोलुखुम्बुको खुम्जुङ पुगेका उनले जलवायु परिवर्तनको मारमा हिमाली क्षेत्र परेको भन्दै असर न्यूनीकरणका लागि सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको बताएका हुन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङ पुगेका गुटेरेसले स्थानीय बासिन्दासँगको अन्तरसंवादमा विकसित राष्ट्रहरुको नियति विकाशील राष्ट्रहरुले भोग्नु परेको भन्दै दुःख व्यक्त गरे । विश्वका ठूला तथा विकसित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदूषण भए पनि त्यसको प्रत्यक्ष मारमा भने नेपालजस्ता साना राष्ट्रहरु परेका उनको भनाइ थियो । हिमालमा हिउँ पग्लिएसँगै हिमाली बस्ती हिमपहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । साथै सगरमाथाको फोहर सफा गर्ने विषय नेपालका लागि निक्कै पेचिलो भएकाले यसमा सहयोग गर्न स्थानीयले संयुक्त राष्ट्रसङ्घसँग आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर