दक्षिण मेक्सिकोमा ओटिस आँधीबाट ३९ को मृत्यु

काठमाडौं । दक्षिण मेक्सिकोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको हो ।

त्यस्तै १० जना बेपत्ता भएको मेक्सिको सरकारले जनाएको छ । करिब ८० प्रतिशत होटेल पूर्वाधारमा क्षति पुगेको र अत्यावश्यक सेवाहरू बन्द भएको अनुमान गरिएको छ । करिब ५५ प्रतिशत क्षेत्रमा विद्युत् आपूर्तिमा क्षति पुगेको बताइएको छ । मेक्सिकन राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरका अनुसार क्षतिग्रस्त अकापुल्कोमा सहयोगका लागि आफूहरुले प्रयास जारी राखेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर