आइसिसी टी २० विश्वकप : नेपालको शानदार विजयी सुरुवात

काठमाडौं । कुशल भुर्तेलले विस्फोटक अर्धशतकीय पालिको सहयोगमा आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपालले शानदार नेपालकोशानदार विजयी सुवात गरेको छ ।त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपालले सिङ्गापुरलाई २१ बल बाँकी छँदै आठ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको सिङ्गापुरले नौ विकेटको क्षतिमा १४५ रन बनाएको छ । नेपालले १६.३ ओभरमा आठ विकेटको क्षतिमा १४७ रन बनाएर लक्ष्य हासिल गर्‍यो ।

भुर्तेलले ४८ बलमा आठ चौका र दुई छक्कासहित सर्वाधिक ७४ रन बनाउनुभयो । उहाँ अनन्थ वृफष्णको बलिङमा छक्का प्रहार गर्ने चक्कमा क्याच आउट हुनुभयो । भुर्तेलले आज आफ्नो सातौँ टी २० अर्धशतक पूरा गर्नुभएको हो । उहाँले २६ बलमै अर्धशतक छुनुभएको थियो ।भुर्तेलले आसिफ सेखसँग मिलेर पहिलो विकेटका लागि ९.१ ओभरमा ८४ रनको साझेदारी गरेपछि नेपालको जित सहज बनेको थियो । अक्षय पुरीको बलिङमा आसिफ २७ रनमा आउट भएपछि सो साझेदारी भङ्ग भएको हो । कप्तान रोहित पौडेल २६ बलमा २७ र कुशल मल्ल छ रनमा अविजित रहनुभयो । मल्लले आफूले सामना गरेको पहिलो बलमा नै छक्का प्रहार गरी खेल समाप्त पार्नुभएको हो ।

यसअघि, सिङ्गापुरका लागि प्रारम्भिक ब्याट्सम्यान रोहन रङ्गराजनले ३० बलमा नौ चौका र एक छक्कासहित ४६ रनको विस्फोटक पालि खेलेपछि नेपालले ठुलै स्कोर पछ्याउनुपर्ने स्थिति बनेको थियो । तर लेग स्पिनर सन्दीप लामिछाने र अलरान्डर गुलसन झाले लगातार विकेट निकालेर सिङ्गापुरका मध्यक्रमलाई शान्त पार्नुभयो ।सन्दीप ७.५ ओभरमा सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेपछि नेपाल खेलमा फर्किएको हो । यसअघि, सिङ्गापुरले पहिलो पावर प्लेमा एक विकेटका क्षतिमा ५१ रन बनाइसकेको थियो । त्यसपछि गुल्सन झाले आफ्नो पहिलो ओभरमा नै दुई विकेट निकालेपछि सिङ्गापुरले ५४ रन बन्दा चार विकेट गुमाएको थियो । तर पहिलो टी २० अन्तर्राष्ट्रिय खेल खेलिरहेका आर्यवीर चौधरीले २६ बलमा ३७ रन बनाएर सिङ्गापुरलाई प्रतिस्पर्धात्मक लक्ष्यसम्म पुर्‍याउनुभयो । उहाँको पालिमा पाँच चौका सामेल थियो ।

नेपालका लागि गुलसनले चार ओभरमा २१ रन, सन्दीपले ४ ओभरमा १८ रन र करण केसीले ४ ओभरमा ३६ रन खर्चेर समान दुई–दुई विकेट लिनुभयो । सुरुका दुई ओभरमा महँगो साबित भएका तेज बलर अविनाश बोहाेराले चार ओभरमा ४४ रन दिएर सर्वाधिक तीन विकेट हासिल गर्नुभयो ।आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टी२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टी२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर