आज देशभर मौसम सफा रहने

काठमाडौं ।  हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ। हाल देशका धेरैजसो भूभागमा माैसम सामान्यतया सफा रहेको छ।

सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै, राति देशभर आंशिक बदली रहनेछ माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर