नेपालको व्यापार घाटा तीन खर्बभन्दा बढी नाघ्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो महिना अर्थात असोजमा नेपालले तीन खर्बभन्दा बढी व्यापार घाटा व्यहोरेको छ । यस अवधिमा नेपालले तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख व्यापार घाटा व्यहोरेको हो । यो व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा २.१५ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा नेपालले तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाा व्यापार घाटा व्यहोरेको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको असोजमा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा ४१ अर्ब ८२ करोड एक लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।

त्यस्तै, यस अवधिमा चार खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।  यस अवधिमा वैदेशिक व्यापार १.३१ प्रतिशतले बढेको छ । गत असोज महिनामा ४ खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर