दशैंपछिको नेप्सेमा उत्साह देखिएन

काठमाडौं । दशैंपछिको पहिलाे शेयर कारोबार अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्साह देखिएको छैन । आज पनि नेप्से उच्च अंकले घटेर बन्द भएको छ ।

नेप्से २८.१८ अंकले घटेर एक हजार ८ सय ७५ दशमलब ६५ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज एक अर्बको समेत कारोबार भएको छैन । आज ७४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका २७ कम्पनीको शेयरमूल्य बढेको छ भने २०० कम्पनीकोे शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको शेयरमूल्य ८.९९ प्रतिशतले बढेर प्रतिकित्ता २६९.२० रुपैयाँ पुगेको छ । यस्तै, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा ६.६० प्रतिशतले बढेको छ ।   सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज चार करोड ८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर