गाडी ठोक्किँदा चारजना घाइते

काठमाडौं । पोखरा–बाग्लुङ सडक मार्गमा पर्ने पर्वतको मोदी गाउँपालिका –६ स्थित बेतेनीमा आइतबार दिउँसो तीन वटा गाडीहरु एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको छ । बाग्लुङबाट पोखरा जाँदैगरेको ग.१ ज ७४६९ नम्वरको जिपले सोही दिशातर्फ जाँदैगरेको वा।२१ च। ३८४ नम्वरको कारलाई ओभरटेक गरी जाँदैगर्दा विपरीत दिशामा जाँदै गरेको ट्याक्सीसँग ठोक्किन पुग्दा तीन वटै गाडी आपसमा ठोक्किएका थिए ।

गाडी ठोक्किँदा घाइते हुनेहरु चार जना ध.१ ज १०८७ नम्वरमा सवार यात्रुहरु रहेको प्रहरी चौकी डिमुवामा कार्यरत प्रहरी नायब निरीक्षक तोरणध्वज पौडेलले बताए । तीन वटै गाडीमा भौतिक क्षति भएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको टाउकोमा चोट लागेको छ भने बाँकी यात्रुको गोडामा चोट लागेको छ । घाइतेको पहिचान खुल्न सकेको छैन । तीनवटा गाडीका चालकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख खुमलाल भुसालले बताए । गाडीहरु एकापसमा ठोक्किँदा केही समय सडक नै अवरुद्ध हुन पुगेको बाग्लुङबाट पोखरा जाँदै गरेका यात्रु रमेश पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर