पिकनिक मनाएर फर्किएको बस सिमरामा दुर्घटना, एकको मृत्यु,४० जना घाइते

काठमाडौं । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना भएको छ । चितवनको जलबिरे झरनाबाट पिकनिक मनाएर वीरगञ्ज तर्फ आइरहेको ना ७ ख ४७४९ नम्बरको यात्रुवाहक बस बाराको सिमरास्थित राष्ट्रिय बाणिज्य बैंकको भवन अगाडि दुर्घटना भएको हो ।

बस अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको प्रहरीले जनाएको छ । अझै मृतकहरूको सङ्ख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको विस्तृत विवरण केही बेरमा आउने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर