बंगलादेश विश्व कपबाट बाहिरियो

काठमाडौं । आईसीसी विश्व कप क्रिकेटमा बंगलादेश विश्वकप क्रिकेट २०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ। शनिबार भएको खेलमा नेदरल्यान्ड्ससँग फराकिलो पराजयसँगै बंगलादेश विश्वकपबाट बाहिरिएको हो। नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश ४२ ओभर दुई बलमा एक सय ४२ रनमात्र बनाएर अलआउट भएको थियो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो। नेदरल्यान्ड्सको जारी विश्व कपमा दोस्रो जित हो। जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौं स्थानमा उक्लिएको छ। पराजित भएको बङ्लादेश नवौं स्थानमा पुगेको छ। जम्मा २ अंक रहेको बंगलादेश अब बाँकी ३ खेल जित्दा पनि सेमिफाइनलमा पुग्ने छैन।

यस्तै, विश्व कप क्रिकेट अन्तर्गत शनिबार नै भएको पहिलो खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले पराजित गरेको छ। अस्ट्रेलियाले दिएको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायो। जितसँगै अस्ट्रेलियाले ६ खेलमा ८ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। न्यूजिल्यान्ड चार नै खेलमा ८ अंकसहित नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर