युभेन्टस शीर्ष स्थानमा

काठमाडौं । इटालियन सिरी एमा युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा युभेन्टसले भेरोनाविरुद्ध १–० गोलको कठिन जित निकाल्दै युभेन्टस शीर्ष स्थानमा उक्लिएको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा युभेन्टसले अन्तिम समयमा गोल गरेको थियो ।

बस पोसेसन भने युभेन्टसले बढी ५९ प्रतिशत राखेको थियो । बराबरीतर्फ उन्मुख खेलमा युभेन्टसले दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा गोल गर्दै ३ अंक लिन सफल भयो । निर्धारित समय सकिएपछि ६ मिनेट थप गरिएको थियो । युभेन्टसलाई जिताउन एन्ड्रिया कमबियासोले गोल गरेका हुन् ।

जीतपछि युभेन्टस इन्टर मिलानलाई १ अंकले पछि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १० खेलबाट २३ अंक युभेन्टसको रहेको छ भने ९ खेल खेलेको इन्टर मिलानको २२ अंकमात्रै  रहेको छ । यसैगरी युभेन्टससँग पराजित भएको भेरोना ८ अंकसहित तालिकाको १६ औं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर