नवजात शिशु छोरीको हत्या प्रयास गर्ने निर्दयी आमा पक्राउ

काठमाडौं । दाङमा १६ दिने आफ्नै नवजात शिशु छोरीको हत्या प्रयास गर्ने निर्दयी आमा पक्राउ परेकी छन्। लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले गत बुधबार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्या प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो।

घर पछाडि लगेर तरकारी काट्ने चक्कुले छोरीको घाँटी रेटिरहेको अवस्थामा निर्माका देवरले देखेपछि मारिनबाट जोगाएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए। १६ दिने शिशुको घाँटीमा चक्कुले काटेको खत रहेको उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ।

आफ्नै छोरीको हत्या प्रयास गर्ने निर्मामा मानसिक समस्या देखिएपछि प्रहरी हिरासतबाटै उपचारका लागि पहल थालिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर