इजरायली सेनाले गाजामा सयवटा लडाकु विमानबाट बमबारी

काठमाडौं ।  इजरायल र हमासबीचको युद्ध लगातार बढिरहेको छ । यी दुईबीच पछिल्लो २१ दिनदेखि युद्ध चलिरहेको छ । हमासले आक्रमण गरेपछि इजरायलले जवाफी कारबाहीमा गाजामाथि लगातार आक्रमण गरिरहेको छ । इजरायली सेनाले गाजामा फेरि हवाई हमला गरेको मिडिया रिपोर्टमा उल्लेख छ।

इजरायली सेनाले गाजामा सयवटा लडाकु विमानबाट बमबारी गरेको छ । गाजाका अधिकांश क्षेत्रमा इन्टरनेट अवरुद्ध भएको छ । गाजामा आज प्रलयको रात हुने बताइएको छ । इजरायली सेनाले गाजा पट्टीमा हमासको स्थानमा बमबारी गरिरहेको छ। आइडीएफका प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले गाजा पट्टीमा विगत केही घण्टामा शृङ्खलाबद्ध हवाई आक्रमण गरेको बताए।

इजरायली सेनाले आज राती ग्राउण्ड अपरेशनलाई अझ तीव्र बनाउने उनले बताए। हागारीले उत्तरी गाजा र यसको वरपरका क्षेत्रमा आइडीएफले आक्रमण जारी राख्ने बताए। उनले प्यालेस्टाइनीहरू गाजा पट्टीको दक्षिणी भागमा सर्नु पर्ने भनाइ दोहोर्‍याए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर