आज कोजाग्रत पूर्णिमा : बडादशैंको पूजा समापन गरिँदै

काठमाडौं । आज कोजाग्रत पूर्णिमा अर्थात् बडादशैंको पूजाअर्चनाको अन्तिम प्रसाद लगाएर नवरात्र पूजाको विसर्जन गरिँदैछ । आज एक दिन दशैं टीका लगाउन छुटेका र टीकाको अन्य दिन मान्यजनका हातबाट टीका लगाउन नभ्याएकाहरूले अन्तिम प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ ।
बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर