छोराद्वारा कोदालो प्रहार गरी बुवाको हत्या

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका –३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् । स्थानीय ३५ वर्षीय गोकर्ण मैनालीले घरायसी विवादमा कोदालो प्रहार गरी ८१ वर्षका बुवा ओमप्रसाद मैनालीको हत्या गरेका हुन् । बुधबार राति गोकर्णले कोदालो प्रहार गर्दा ओमप्रसाद गम्भीर घाइते भएका थिए ।

ओमप्रसादलाई बिहीबार बिहान घाइते अवस्थामा गाउँलेले देखेपछि उपचारका लागि नमूना अस्पताल हरिवन ल्याएका थिए । यहाँ उपचार सम्भव नभएपछि उनलाई पुरानो मेडिकल कलेज चितवन रेफर गरिएकोमा उपचारकै क्रममा बिहीबार राति १० बजेतिर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

बुवाको हत्यामा संलग्न गोकर्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हरिवन नगरपालिका –४, तीनघरे लच्का क्षेत्रमा हिँड्डुल गरिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए । प्रहरी निरीक्षक गिरीका अनुसार घटनाको सम्वन्धमा थप अनुसन्धान जारी छ । बुवाको हत्यामा संलग्न गोकर्ण ओमप्रसादका माइलो छोरा हुन् । भारतमा बसेर मजदुरी गर्ने गोकर्ण दसैँ मनाउन भनी घर आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर