मुगुको मुन्दु गाउँमा चार जनाको हत्या

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका –६ स्थित मुन्दु गाउँमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार धारिलो हतियार प्रहार गरी रातिको समयमा एकै घरपरिवारका चार जनाको हत्या गरिएको छ ।

उनका अनुसार २७ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज बोहरा, ७ वर्षीया छोरी अप्सरा बोहरा, ८ वर्षीय रहर बोहराको हत्या गरिएको छ । हत्या कसले गरेको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । प्रहरी प्रमुख थापाले भने, “श्रीदेवी बोहराका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् ।
छायाँनाथ रारा नगरपालिका – ६ मुन्दु गाउँकी स्थानीय धर्मी बोहराका अनुसार ८ गते बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर उनीहरू घर आएका थिए । हत्यापछि हत्याराले घरको ढोकामा ताल्चा लगाएर भागेको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर