कलाकार प्रकाश घिमिरे दुर्घटनामा परी घाइते

काठमाडौं । कलाकार प्रकाश घिमिरे दुर्घटनामा परी घाइते भएका छन् । पोखरा महानगरपालिका ३ नदीपुर निवासी घिमिरे छिमेकमै रहेको बालमन्दिर स्कुलको नजिक प्रेम शेरचनको घर नजिकको भिरबाट घाँसको डाला तान्ने क्रममा बिहान ९ बजेतिर डिलबाट खसेर घाइते भएका हुन् ।

उनका साथी प्रेम शेरचन सँगै भएकाले तत्काल उद्धार गर्न खोजिए पनि झाडी फाडेर घाइते घिमिरेलाई अस्पताल लग्न २ घण्टाभन्दा बढी समय लागेको थियो । अहिले उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि आइसियूमा राखिएको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जानकारी दिए ।

उनको टाउको, छाती र मेरुदण्डमा चोट लागेको छ । उनी अझै अचेत अवस्थामा रहेको बताइएको छ । रक्तचाप र अक्सिजन लेबल निकै कम भएकाले पनि काठमाडौं लैजान निकै कठिन भएको उनका आफन्त गोविन्द पौडेलले जानकारी दिए । मणिपाल शिक्षण अस्पतालका अनुसार घाइते घिमिरेको अवस्था स्थिर रहेको जनाइएको छ । उनको फिल्म पशुपतिप्रसाद २ भष्मे डन पोखरालगायत देशैभर प्रदर्शन भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर