शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा पुगेको छ । विहीबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा पुगेको थियो ।

आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ १५ पैसा र बिक्रीमा १४० रूपैयाँ ७८ पैसा पाइन्छ । विहीबार युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ४१ पैसा र बिक्रीमा १४१ रूपैयाँ ०४ पैसा थियो ।  आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५९ पैसा पाइन्छ ।

त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ८४ पैसा र बिक्रीमा ८ रूपैयाँ ८८ पैसा रहेको छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ७६ पैसा र बिक्रीदर २७ रूपैयाँ ८९ पैसा पाइन्छ । कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ४६ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ४० पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ २८ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८७ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर