त्रिकोणात्मक टी–२० सिरिज : नेपाल र यूएईले प्रतिस्पर्धा गर्दै

काठमाडौं  । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन् । नेपाल र यूएईबीचको खेल आज बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल खेल्न लागेको हो । नेपालले लिग चरणमा यूएईलाई ७ र ५ विकेट तथा हङकङलाई ६ विकेट र ७९ रनले हराएको थियो । यूएईले भने लिग चरणमा एक खेल मात्र जित्न सक्यो ।

आफ्नो दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराए पनि ऊ अन्तिम म्याचमा भने ६९ रनले पराजित भयो । त्यसका बाबजुद यूएई नेट रनरेटमा हङकङभन्दा माथि रहँदै नेपालसँग फाइनल खेल्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर