दशैंको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौं । आश्विन शुक्ल चतुर्दशीका दिन आज शुक्रबार दशैंको टीका लगाउने र आशीर्वाद थाप्न जानेहरूको क्रम जारी छ। घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताउँछन्। कात्तिक १० गते शुक्रबार अलिखबलिपूर्ति गर्नुपर्ने समितिले जनाएको छ । शास्त्रीयरूपमा अखिलबलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न मिल्ने भएपनि लोक व्यवहारमा भने घरमा आएका नातेदारलाई कोजाग्रत पूर्णिमाकै दिनसम्म यो क्रमले निरन्तरता पाउने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर