चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयाघातबाट निधन

काठमाडौं ।  चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो ।

पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका  लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो ।  सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समयअनुसार गए राति १२ः१० मा उनलाई मृत घोषणा गरिएको थियो । उनको ६८ वर्षको उमेरमा निधन भएको हो । उनको अन्त्येष्टिबारे चीन सरकारले कुनै निर्णय गरिसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर