चीनका रक्षामन्त्री ली साङ्फु औपचारिक रूपमा बर्खास्त

काठमाडौँ  । चीनले रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको छ । सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि उनलाई हटाउनुको कारण खुलाइएको छैन । चीनले नयाँ रक्षामन्त्रीको हुने भन्ने घोषणा गरेको छैन ।

सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको थियो । उनको बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको र अहिले रक्षामन्त्री पनि बर्खास्तीको सूचीमा परेको बीबीसीले लेखेको छ । चीनका शीर्ष विधायकहरूसमेत रहेका उनीहरुलाई हटाउने निर्णय नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिले गरेको चीनको सीसीटीभीले रिपोर्ट गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर