नेपालले जित्यो एसीसी यू–१९ प्रिमियर कपको उपाधि

काठमाडौं । नेपालले फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार १९ रनको जित निकाल्दै  एसीसी यू–१९ प्रिमियर कपको उपाधि उचालेको छ ।  मलेसियाको क्वालालम्पुरस्थित बयुमास ओभलमा मंगलबार भएको खेलमा नेपालले २८० रन बनाएको थियो । तर, वर्षाका कारण यूएईले १९८ रनको लक्ष्य पायो । लक्ष्य पछ्याउने क्रममा यूएई २६.१ ओभरमा सबै विकेट गुमाएर १७८ रनमा अलआउट भयो । यूएईका ध्रुब परासरले ५९ रन बनाए । कप्तान आयन अफजल खानले ३०, आर्यन्स शर्माले ३२ र यायिन किरण राईले १७ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका आकाश त्रिपाठीले सर्वाधिक चार, सुभाष भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८० रन बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर