आज बडा दशैं, टीकाको उत्तम साइत ११:०२ मा

काठमाडौं । नेपालीहरूको महान चाड बडा दशैं आज कार्तिक ७ गते मंगलबारका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विर्सजन गरी माता दुर्गाभवानीको प्रसाद, टीका र जमरा ग्रहण गर्ने उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ । यसपालिको टीकाको शुभसहित लाभ योगमा रहेको छ ।

यस दिन पश्चिम फर्केर दुर्गा भवानीको प्रसाद आफ्नो मान्यजनका हातबाट टीका र जमरा ग्रहण गर्नाले सुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामनापूर्ण हुने शास्त्रोक्त कथन रहेको छ । शास्त्रीय मान्यताअनुसार यो पनि भनिएको छ कि, सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन् अतः विजया दशमीको दिन देश, काल र परिस्थितिअनुसार जतिबेला पनि टीका र जमरा ग्रहण गर्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर