तीनजनाको शव काठमाडौं आइपुग्यो

काठमाडौं । इजरायलमा हमास आतंकवादीको आक्रमणमा परी मृत्यु भएका तीन जना नेपालीको शव काठमाडौं आइपुगेको छ । मृतक १० मध्ये तीन जनाको शव आज काठमाडौं ल्याइएको हो ।
इजरायल सरकारले पहिचान खुलेका चार जनाको शव कानूनी प्रक्रिया पूरा गरी नेपाली दूतावासमा बुझाएसँगै आइतबार बिहान नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज बिष्टको शव काठमाडौं आइपुगेको छ । आशिष चौधरीको शव आजै काठमाडौँ आइपुग्ने बताइएको छ । न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो । आइतबार बिहान धामी र बिष्टको शव विमानस्थल आइपुगेको हो ।

नेपाल शव आइपुगेसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायत अधिकारीहरू पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । चौधरीको शव नेपाल आइपुगेसँगै चार वटै शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिने बताइएको छ । धनगढीमा स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुर्‍याउने व्यवस्था गरेको छ । अन्य ६ जनाको शव पनि आवश्यक व्यवस्था मिलाइ नेपाल पठाउने तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर