खार्तुमको दक्षिणी क्षेत्रहरुमा हिंसात्मक झडप

काठमाडौं । सुडानी सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीच मध्य खार्तुममा सेनाको जनरल कमाण्ड र खार्तुमको दक्षिणी क्षेत्रहरुमा शनिबार हिंसात्मक झडप भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार दुवै पक्षले राजधानीमा बन्दुक र एन्टी एअरक्राफ्ट गन  प्रयोग गरेका छन् । खार्तुमको दक्षिणी भगमा रहेको जबरा क्षेत्रमा भीषण युद्ध भएको बताइएको छ । खार्तुमको उत्तरमा रहेको ओमदुरमान शहरमा पनि दुई पक्षबीच सशस्त्र झडप भएको छ । सुडानमा अप्रिल १५ यता ठूलो झडपहरु हुँदैआएका छन् । आक्रमणमा अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ६ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर