बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं ।  बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका –६ जडाङ्गाका अन्दाजी ३७ वर्षीय बहादुर दानी छन्। प्रहरीका अनुसार साँफे मार्तडी राजमार्गमा पर्ने जडाङ्गा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

एम के कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सु.प्र ०१ ००२ त ६८२६ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट २० मिटर तल खसेको थियो । सोही दुर्घटनामा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले बताए । ट्याक्टर चालक दानीले मदिरा सेवन गरेकाले ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर