अन्तरिक्षमा भारतको महत्त्वाकाङ्क्षी मानव मिसन ‘गगनयान’ को सफल प्रक्षेपण

काठमाडौं । अन्तरिक्षमा भारतको पहिलो मानव मिसन ‘गगनयान’ को परीक्षण उडान सफलतापूर्वक प्रक्षेपण गरिएको छ । यो परीक्षणले रकेटमा कुनै खराबी भएमा चालक दलका सदस्य कसरी बाँच्नेछन् भन्ने कुरा पत्ता लगाउने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले जनाएको छ ।

परीक्षण उडान सफल भएपछि अर्को वर्ष अन्तरिक्षमा रोबोट पठाउनेलगायत कार्यका लागि मार्ग प्रशस्त गर्ने बीबीसी हिन्दीले जनाएको छ । इसरोले यस्तै किसिमका तीन वटा परीक्षण गरेपछि मानिससहितको यान अन्तरिक्षमा पठाउने तयारी गरेको छ ।

तीन वटा परीक्षण सफल भएपछि तीन जना अन्तरिक्ष यात्रीलाई पृथ्वीको तल्लो कक्षमा लैजाने मानवयुक्त मिसन पठाइने इसरोले जनाएको छ । गएको हप्ता मात्र भारत सरकारले सन् २०२५ मा अन्तरिक्षमा मानव मिसन पठाउन सकिने घोषणा गरेको थियो ।

झण्डै ९० अर्ब रुपैयाँको लागत रहेको गगनयान परियोजना अन्तर्गत अन्तरिक्ष यात्रीहरुलाई पृथ्वीको चार सय किलोमिटरको कक्षमा पठाउने र तीन दिनपछि पुनः पृथ्वीमा अवतरण गर्ने लक्ष्य रहेको इसरोले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर