नेपालकी सुभाङ्गी श्रेष्ठ र ओम भण्डारीलाई स्वर्ण पदक

काठमाडौं । नेपालकी सुभाङ्गी श्रेष्ठ र ओम भण्डारीले शनिबार प्रथम बङगबन्धु ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । यी दुवै खेलाडी सीतापाइला डोजाङका उत्पादन हुन् ।

बङ्गलादेशको ढाकामा आयोजना भएको प्रतियोगिताअन्तर्गत जुनियर महिला ५९ केजी मुनिको इभेन्टमा सुभाङ्गीले फाइनलमा श्रीलंकाकी केएचपीएन चतुरानीलाई हराएकी थिइन् । उनले सेमिफाइनलमा आयोजक बङ्गालदेशकी खेलाडीलाई पराजित गरिन् । यसैगरी जुनियर ६८ केजीमुनिको उपाधि भिडन्तमा ओम नेपालकै अफेस केसीलाई हराएर च्याम्पियन बने । ओम पनि बङगलादेशका खेलाडीलाई सेमिफाइनलमा हराएर स्वर्ण पदक भिडन्तमा पुगेका हुन् । प्रतियोगितामा बङ्गलादेश, नेपाल, श्रीलङ्का्, भुटान, भारत, मलेसिया, थाइल्यान्ड र इन्डानेसिया सहभागी थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर