नेपालले जापानलाई १८७ रनको लक्ष्य

काठमाडौं ।  यू-१९ प्रिमियर कपमा नेपालले जापानलाई १८७ रनको लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा पानी पर्‍यो । जतिबेला अकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए ।

लगातारको वर्षापछि खेल २५ ओभरमा छोट्याइयो र डकवर्थ लुइस (डीएल) मेथडका आधारमा जपानले २५ ओभरमा १८७ रनको लक्ष्य पाएको छ । जपानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । सुरुवाती २ ओभरमा नेपालले २ विकेट लिएको छ । जापानको स्कोर ६/२ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर